- भगवती अर्याल
विराटचोक,८ फागुन । सुन्दरहरैंचाको विराटचोक महोत्सव तथा फुड फेस्टिभलमा गायिका प्रविसा अधिकारी आउने भएकी छिन । महोत्सवको आज दोश्रो दिन चर्चित गायिका अधिकारीले आज साँझ ७ बजेदेखि आफ्नो प्रस्तुती दिइने जनाइएको छ ।
महोत्सवमा विभिन्न किसिमका वस्तु विक्री तथा प्रदर्शन,साँस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने महोत्सव आयोजक समितिका कोषाध्यक्ष युवेंन गुरुङले बताए ।
यो पनि : सुन्दरहरैंचामा विराटचोक महोत्सवको उदघाटन कार्यक्रम सम्पन्न,पहिलो दिन मै मनोज गजुरेलको धमाकेदार प्रस्तुति
डेढ दशकदेखि नेपाली फिल्मको पाश्र्व गीत गायनमा सक्रिय गायिका अधिकारी थुप्रै फिल्मी गीत चर्चित भएका छन् । यसबीच प्रविशाका थुप्रै फिल्मी गीत चर्चित भए। उनले गाएका तिमी जहाँ छौ म त्यहीं छु, मायाले बाँध्यो यसरी, फूल होइन काँडा, तिमीबाहेक बिताएका पलहरू, पीपल छेउमा वरजस्ता गीत निकै लोकप्रिय छन्।
झरना युवा क्लब सुन्दरहरैंचाको आयोजनामा ७ गतेबाट सुरु भएको महोत्सव फागुन २१ गते सम्म सञ्चालन हुनेछ ।



















