विराटनगर,१३ फागुन । नेकपा एमाले निकट प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल (पिन)को मोरङ जिल्ला कमिटी गठन भएको छ । शनिवार विराटनगरमा भएको दोस्रो जिल्ला अधिवेशनबाट इ. रमेश थापाको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन भएको हो ।
त्यसैगरी कमिटीको उपाध्यक्षमा इ. प्रज्वल पौडेल सचिवमा इ.उमेश साह सहसचिव इ.आशिष देव कोषाध्यक्षमा इ.ज्ञानुका दाहाल र सदस्यहरुमा इ. सुदिप बस्नेत,इ. राजिव साह, इ. कमल भट्टराई चयन भएका छन् । बाकीँ ३ जना सदस्य नव गठित कमिटीको पहिलो बैठकबाट मनोनित गरिने नव गठित कमिटीका अध्यक्ष रमेश थापाले जानकारी दिए ।
यो पनि पढ्नुहोस - पिन उदयपुरको जिल्ला कमिटी गठन,अध्यक्षमा उत्सव श्रेष्ठ
अधिवेशनमा नेकपा एमाले १ न.प्रदेश सचिव तथा प्रदेश सांसद चिन्तन पाठकको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी पिनका केन्द्रिय उपाध्यक्ष एवम एमाले प्रदेश १ का सदस्य सन्जीव रोकाहा,पिन केन्द्रिय महासचिव एमाले प्रदेश १ का सदस्य डा. भेषराज थापा एमाले जिल्ला मोरङका उपाध्यक्ष बाबुराम कार्की पिन प्रदेश १ का अध्यक्ष प्रदिप नेपाल लागायतको आतिथ्यता रहेको थियो । यो पनि पढ्नुहोस - नेकपा (एमाले) निकट उधोग व्यवसाय महासंघ मोरङको तेश्रो पूर्ण बैठक सम्पन्न
त्यसैगरी आजै झापा जिल्लामा पनि पिनको दोस्रो अधिवेसन बिर्तामोडमा सम्पन्न भएको छ । इ.वसन्त सिवाकोटीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कमिटी गठन भएको छ भने सचिवमा इ बिक्रम घिमिरे रहेका छन् । आज भएको दुबै जिल्ला कमिटी सर्वसम्मत तवरले निर्माण भएको पिनका १ न. प्रदेश कमिटी अध्यक्ष इ प्रदीप नेपालले बताए ।
प्रदेश १ का १४ जिल्ला मध्ये ४ जिल्लाको अधिवेसन सकिएको र बाकीं जिल्लाहरुको पनि तालिका अनुसार अधिवेसन गर्ने तयारी रहेको प्र अध्यक्ष नेपालले जानकारी गराए ।


















