विराटनगर,१७ फागुन । प्रदेश नम्बर १ मा भोली सार्बजनिक बिदा दिइएको छ । प्रदेशको नामाकरण भएको उपलक्ष्यमा प्रदेश सरकार मन्त्रीपरिषदले बिहिबार सार्बजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेशसरकारले प्रदेशका सम्पूर्ण बासिन्दालाई बधाई ज्ञापन गरेको छ ।
प्रदेशसभामा भएको मतदानमा कोसी प्रदेशको प्रस्तावमा ८२ मत परेको थियो । कोसी प्रदेशको पक्षमा नेकपा एमालेसहित नेपाली कांग्रेस, नेकपा माओवादी र राप्रपाका सांसदले मतदान गरेका हुन ।विपक्षमा ४ मत खसेको छ । मतदानमा ८६ जना सांसद सहभागी थिए।।कोसी प्रदेशको नाम राख्नका लागि नेकपा एमालेको तर्फबाट सांसद रामबहादुर मगरले प्रस्ताव पेस गर्नुभएको थियो ।
सो प्रस्तावमा एमाले सांसदद्वय विदुर लिंथेप र निरन राईले समर्थन गर्नुभएको थियो । दिउसो नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्रकुमार राईले प्रस्ताव गरेको किराँत–लिम्बूवान–सगरमाथा प्रदेश अस्वीकृत भएको थियो ।





















