काठमाडौँ,३० फागुन । काठमाडौंको एन आर क्याम्पसको स्ववियु निर्वाचनमा विप्लव निकट अनेरास्वियु क्रान्तिकारीबाट अध्यक्ष उम्मेदवार आकाश खनाल एमाले निकट अनेरास्ववियुमा समाहित हुनुभएको छ । मंगलवार विज्ञप्ति प्रकाशित गर्दै उहाँ अनेरास्ववियुमा समाहित हुनुभएको हो ।
वर्तमान राष्ट्रिय राजनीतिको परिवेशमा नेकपा एमाले र अध्यक्ष के पी शर्मा ओलीले बोकेको विचार र जबजको छहारिमा अनेरास्ववियुले आत्मसाथ गरेको विद्याथी मैत्री नीति कार्यक्रमबाट आफू प्रभावित भएको हुँदा समाजवादी र वैज्ञानिक शिक्षा नीतिको मुल मर्मलाई बोक्ने एकमात्र संगठन अनेरास्ववियुमा आफू आवद्ध हुने व्यहोरा विज्ञप्ति मार्फत जानकारी गराउनु भएको छ ।
उहाँले विज्ञप्ति मार्फत अनेरास्ववियुले नेतृत्व गरेको अर्जुन खड्काको सम्पूर्ण प्यानललाई समर्थन गर्दै स्ववियु निर्वाचनमा अत्याधिक मतले विजयी गराउन क्याम्पसका सम्पूर्ण विद्यार्थीहरुलाई अनुरोध समेत गर्नु भएको छ ।



