इटहरी,८ चैत । राष्ट्रिय जागृति क्लबकाे आयाेजनामा जारी  १३औं अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपमा साविक विजेता मोरङ सुन्दरहरैँचाको  सगरमाथा यूथ क्लब फाइनलमा प्रवेश गरेको छ । 

आज बुधबार भएको पहिलो सेमिफाइनल खेलमा सगरमाथाले मछिन्द्र फुटबल क्लब काठमाडौंलाइ हराउँदै ३ -१ गाेलकाे अन्तरले  फाइनलमा स्थान सुरक्षित गर्न सफल भएको  हो । मछिन्द्रलाई फाइनल चरणमा पुग्न  रोक्दै सगरमाथालाई उपाधी नजिक पुर्याउन राजीव लोप्चन, अफ्रिकी खेलाडी स्टेफिन र मेसुकेले एक एक गोल गर्न सफल भए । 

My project-1 (4) 31सगरमाथाका खेलाडी  लोप्चनले खेलको ४ औ, स्टेफिनले १२ औ र मेसुकेले ५१ औ मिनेटमा गोल गरेका थिए  । पराजित मछिन्द्रका क्याप्टेन अफिज ओलावाले खेलको ८८ औ मिनेटमा पेनाल्टी मार्फत एक गोल फर्काए  । 

   खेलको म्यान अफ द म्याच सगरमाथाका स्टेफिन घोषित भए । उनले नगद रू १० हजार पाए । भोली बिहिवारकाे दाेस्रो सेमिफाइनल खेल  त्रिभुवन आर्मी क्लब र चर्च व्वाइज युनाइटेड काठमाडौ बिच हुने आयाेजक क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनले जानकारी दिए । 

   मछिन्द क्लबलाई खेल अवधि भरि कडा दवाफमा राखेको सगरमाथाले अन्तिम सेमिफाइनल बिजेतासँग उपाधीका लागि शनिबार प्रतिस्पर्धा गर्नेछ  । उपाधी बिजेताले नगद १० लाख र उपबिजेताले ५ लाख हात पार्ने आयाेजकले उल्लेख गरेको छ । आजकाे खेलमा सुन्दरहरैँचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाइ प्रमुख अतिथि थिए ।