- ✍️भगवती अर्याल
विराटचोक,१२ चैत । मोरंङको सुन्दहरैँचा नगरपालिकाले नगरको प्रतिनिधित्व गर्दै १३ औ अन्तराष्ट्रीय आमन्त्रण इटहरी गोल्डकपमा विजेता भइ नगरको नाम उच्च राख्न सफल भएकोमा सगरमाथा युथ क्लव तथा खेलाडीलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ ।
नगरले आइतबार एक कार्यक्रमको आयोजना गरी विजेता टोलीका प्रशिक्षक,सबै खेलाडीलाई खादा तथा माला लगाइ सम्मान गरेको हो ।
उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख केदार प्रसाद गुरागाईंले नगरले हालै एघारौं नगरसभाबाट जनताले तीब्र प्रतीक्षा गरेका खेलकुद, शिक्षा तथा अन्य ऐनहरू बनेका र हाल कार्यान्वयनको चरणमा रहेको साथै सो ऐनअनुसार समितिहरू निर्माण गरी खेलकुदका क्षेत्रको समग्र विकासमा लागि पर्ने बताए । नगरप्रमुखले प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी सुन्दरहरैँचा -१० निवासी महेन्द्र कार्कीलाई खेलकुद जीवनको वृतिविकासका लागि १ लाख रुपैँया उपलब्ध गराउने र क्लबलाई खेलकुदमा लागेको केही रकम सहयोग गर्ने बताए ।
सगरमाथा युथ क्लवलाई बिजयी गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नगर प्रमुख गुरागाईंलाई सगरमाथा युथ क्लवको तर्फबाट युवेन गुरुङले धन्यवाद दिए ।
जितको खुशियालीमा बुधाबारे चोकदेखि नौमती बजा सहित बिजय उत्सव मानाउदै नगरपालिकाको प्रांगणमा पुगेका सगरमाथा युथ क्लवका खेलाडीहरुलाई नगर प्रमुख केदार प्रसाद गुरागाईंले स्वागत गरेका थिए ।
उक्त कार्यक्रममा सुन्दरहरैँचाका राजनितिक दलका नेताकार्यकर्ता, विभिन्न संघ संस्थाका प्रतिहरु,खेलप्रेमीहरु लागायत सुन्दरहरैँचाका नगरवासीहरुको उत्साह जनक उपस्थिति रहेको नगरपालिकाका कर्मचारी बासु अधिकारीले बताए । उक्त कार्यक्रमलाई नगर प्रमुखको सचिवालयका लक्ष्मीभक्त पोखरेलले संचालन गरेका थिए ।
इटहरी रंगशालामा शनिबार सम्पन्न भएको फाइनल खेलमा नवप्रवेशी ए डिभिजन क्लब चर्च व्बाइजलाई पेनाल्टी सुटआउटमा ६-५ गोल अन्तरले पराजित गर्दै सगरमाथाले लगातार दोस्रो पटक उपाधी उचालेको थियो ।
सगरमाथाले उपाधीसंगै नगद १० लाख र उपबिजेता चर्च ब्वाइजले ५ लाख हात पारेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी सगरमाथाका क्याप्टेन महिन्द्र कार्की घोषित हुनै नगद १ लाख पाएका थिए ।




















