हेम कोइराला ✍️ मौनाबुधुक,१८ चैत । धनकुटाको चौविसे गाउँपालिकामा वडास्तरीय चौबिसे कप २०७९ आयोजना हुने भएको छ । गाउँपालिकाको खेलकुद विकास समितीको आयोजनामा महिला र पुरुषको छुट्टाछुट्टै फुटबल प्रतियोगिता हुने भएको हो ।
चौविसे गाउँपालिकाको राजारानी खेलमैदानमा चैत २८ देखि २०८० सालको बैशाख १ सम्म उक्त प्रतियोगितामा चौविसे गाउँपालिकाका ८ वटा वडाका महिला र पुरुषको टिमहरु सहभागी हुने खेलकुद विकास समितीका संयोजक धनबहादुर लिम्बूले जानकारी दिनु भयो ।
खेलमा पुरुष तर्फका विजेता हुने ६० हजार नगद र उप बिजेता टिमलाई ३० हजार नगद सहित ट्रफी,मेडल प्रमाण पत्र प्रदान गरिने साथै महिला तर्फका टिमलाई ३०हजार र २० हजार रुपयाँ नगद सहित ट्रफी,मेडल प्रमाण पत्र प्रदान गरिने खेलकुद विकास समितीले शनिवार गरेको पत्रकार सम्मेलन मार्फत जानकारी भएको छ ।






















