बिराटचोक,१४ असार / मोरङको केराबारी गाउपालिका स्थित शिक्षक संघका दुइजना शिक्षक संघ परित्याग गरि संगठनमा प्रवेश गरेका छ्न । नेपाल शिक्षक संगठन केराबारी गाउकमिटीको बिस्तारित बैठकको अवस्वरमा उनिहरु नेपाली कांग्रेस निकट शिक्षक संघबाट नेकपा निकट शिक्षक संगठनमा सनिवार प्रवेश गरेका हुन ।
नव प्रबेशिहरु केराबारी गाउपालिकामा अवस्थित सार्वजनिक माबिका शिक्षकद्वय युवराज राई र खड्गबहादुर लिम्बुलाइ बैंठकका प्रमुख अतिथि नेपाल रास्ट्रीय शिक्षक संगठन मोरङको अध्यक्ष लक्ष्मिकुमार श्रेष्ठले स्वागरेका छ्न । प्रवेश गर्ने शिक्षक राई नेपाल शिक्षक संघबाट शिक्षक महासंघमा केराबारी गाउकमिटिको सचिवमा प्रतिनिधित्व गरेका थिए भने शिक्षक लिम्बु शिक्षक लिम्बू संघका सदस्य थिए ।
संघमा प्रजातान्त्रिक पद्धति नभएको र बेतिथि बढेकोले शिक्षक महासंघको सचीव पद संघलाई नै जिम्मा लगाएर संगठनमा प्रवेश गरेको राइले बताए । बैठकमा केराबारी गाउपालिका उपाध्यक्ष सान्ती लिम्बु , शिक्षक संगठनका नेताहरू मदन अर्याल ,बलराम पोखरेल, प्रेम भट्टराई लगायतको आतिथ्य रहेको थियो।




















