विराटचोक,२४ चैत  । नेकपा एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत  सुन्दरहरैँचाको ४ न. वडा कमिटीले  पार्टी सदस्यहरुलाई  क्षमता अभिवृद्धि तथा नेतृत्व विकासका लागि तालिमको सुरु गरेको छ ।  २ दिन सम्म सँचालन हुने तालिमको उदघाटन पार्टीका  केन्द्रिय विभाग सदस्य बद्री अर्यालले गर्नु भएको हो । 

 ४ न. वडा कार्यालयको हलमा शुक्रवार देखि सुरु भएको तालिममा सहभागीहरुलाई पार्टी निकट प्रेसचौतारीका केन्द्रिय सदस्य एवं कोशी प्रदेश सह इञ्चार्ज देवेन्द्र कार्कीले तालिम प्रदान गर्नु भएको नेकपा एमाले सुन्दरहरैँचाका नगर कमिटी सचिवालय सदस्य शम्भु धमलाले जानकारी दिनु भयो ।

337329466_749106166766209_8861371785605660630_n

तालिममा सहभागीहरुलाई पार्टीको निति सिद्दान्त र कम्युनिष्ट पार्टीका सदस्यहरुले पालना गर्नु पर्ने कुराको बारेमा समेत प्रशिक्षण दिइएको धमलाले बताउनु भयो । पहिलो  दिनको तालिमबाट पार्टीमा लाग्नुको मुख्य उदेश्यको बारेमा जानकारी भएको कुरा सहभागीहरुले बताउनु भयो । 

वडा कमिटीका अध्यक्ष नारायण श्रेष्ठको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा स्वागत मन्तव्य नगर कमिटी सचिवालय सदस्य शुसिल पोखरेलले गर्नु भएको थियो भने  वडा कमिटीका सचिव केशव बास्तोलाले कार्यक्रम सँचालन गर्नु भएको थियो । 

337320506_146678498351507_7938434286385384697_n