त्रिबेणी नगरपालिका १ छताराकी ३२ वर्षिय अस्मीता देवी दमाइको बच्चा जन्माएको २१ दिनपछि मृत्यु हुदाँ १ महिनाकी छोरी सहित ६ भाइबहिनी  अलपत्र परेका छन् । बच्चा जन्माएको केहि दिनमा अत्याधिक रक्तस्रापपछि अस्मीताको उपचारका क्रममा सेती  प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । 

आमाको मृत्युपछि १ महिनाकी छोरी अलपत्र परेकी  छन् । दुध किन्न पैसा नहुदा गाउँलले दिएको दुध खुवाएर बाचिरहेकी  छन् । उनका श्रीमान मनराज दमाइ पनि अस्वस्थ छन् । उनि  छोरीलाइ दुध खोज्न गाउँ डुल्ने गरेका छन् । गाउँलेले दिएको दुधले बहिनीलाइ बचाइरहेको दिदी  शुशिला नेपालीले वताएकी  छिन । भैसी किन्ने त धेरै टाढाको बिषय हो, दुध किन्न पैसा नहुदा निकै समस्या परेको शुशिलाले रुदै वताईन् । 

अस्मिताकी  १ महिनाकी छोरी मात्र नभइ डेढ वर्षकी  छोरी सिबानी नेपाली पनि खान नपाएर कुपोषित रहेकी  छिन । सिबानीलाइ समेत दुध मागेर खुवाउनु परेको छ । कसैले दुध दिए दुबै बहिनीलाइ अलिअलि खुवाउने गरेको दिदि शुशिलाले वताईन् । डेढ बर्ष सिबानी र १ महिनाकी बालिकालाई दुध आबश्यक रहेको छ ।

अस्मिताको मृत्यु पछि उनका ६ वटा सन्तान अलपत्र रहेका छन् । अस्मिताको परिवारको नबस्ने घर छ, न खाने जमिन समेत नभएको गाउँलले वताएका छन् । उनिहरु सबै आफन्त नाता लाग्ने चन्द्रा दमाइको घरमा बस्दै आएका छन् । चन्द्रा पनि एकल महिला हुन् । अस्मिताकि छोरी जेठि शुशिला नेपाली १२ बर्षकि भइन् । त्यस्तै सुस्मिता ९ बर्ष, समीया ७ बर्ष, छोरा शिसिर ६ बर्षका रहेका छन् । त्यस्तै सिवानी डेढ बर्ष र कान्छि १ महिनाकी पुगिन् । आर्थिक अभाब तथा बिपन्न भएकाले अस्मिताकि कुनै पनि छोरी बिद्यालय नजाने गरेका छन् । शुशिलाका ६ भाइबहिनी कुपोषित रहेका छन् । बडिमालिका खबर बाट