सुन्दरहरैँचा,२५ असार । मोरङको सुन्दरहरैँचा ७  स्थित ज्ञान ज्योति सेकेन्डरी स्कुलले ११ औँ ब्याच अन्तर्गत एसईई २०७९ मा सुन्दरहरैँचा नगरपालिका क्षेत्रमै उत्कृष्ट अंक प्राप्त गरेको विद्यालयले  दाबी गरेको छ ।

   परिक्षामा सम्मिलित ४५ बिद्यार्थीहरू मध्ये सँस्कृति दाहालले ३.९५  जिपिए ल्याउँन सफल भएकी छिन् । यो अंक नगर क्षेत्रकै सर्बोत्कृष्ट भएको विद्यालयका प्रिन्सिपल देवी सिटौंलाले दाबी गरेका छन ।