एजेन्सी । निरन्तरको वर्षासँगै भारतमा गोलभेडाको भाउले आकाश छोएको छ । बाढीपहिरोले उत्पादन र सप्लाई बन्द भएपछि गोलभेडाको मूल्य बढेको हो ।
भारतीय सञ्चार माध्यमका अनुसार भारतको चण्डीगढमा गोलभेडाको मूल्य प्रतिकिलो ३५० भारु ( नेरु ५६०) पुगेको छ ।
यस्तै, दिल्लीमा २५० भारुमा गोलभेडा बिक्री भइरहेको छ भने देशका अन्य ठाउँमा पनि कम्तीमा १५० देखि २५० भारुसम्म बिक्री भइरहेको छ ।




















