भारतीय हास्यकलाकार तन्मय भट्ट यतिबेला डिप्रेशनसँग जुधिरहेका छन् । आफ्नो कमेडी टाइमिङबाट सबैलाई हँसाउने हास्यकलाकार पछिल्लो केही समयदेखि सोसल मिडियाबाट टाढा छन् । गत वर्ष अक्टोबरमा मिटू अभियानको क्रममा उत्सव चक्रवर्तीविरुद्ध लागेको आरोपमाथि कुनै एक्सन नलिएका कारण तन्मय भट्टलाई निलम्बन गरिएको थियो । भिडियो पोस्ट गर्दै उनले आजकाल आफू निकै मुश्किलको सामना गरिरहेको बताएका छन् ।
मिटू अभियानकमो क्रममा निलम्बन भएको विषयमा तन्मयले भिडियोमा भने, ‘अक्टोबरमा यो सबै भएपछि म मानसिक रुपमा ठूलो समस्याको सामना गरिरहेको छु । म आफूलाई प्यारालाइज्ड महसुस गरिरहेको छु । म न त सामाजिक रुपमा, अनलाइन र अफलाइनमा आफ्नो भूमिका निभाउन सकिरहेको छैन । तन्मय भट्टले थपे, ‘गत वर्ष मलाई डाक्टरले म डिप्रेसनसँग जुधिरहेको र यसका लागि मैले केही गर्नुपर्ने बताएका छन् ।’




















