मनिला, एएनआई । फिलिपिन्सको राजधानी मनिला नजिकैको एउटा तालमा डुङ्गा पल्टिँदा कम्तीमा ३० जनाको मृत्यु भएको आशंका गरिएको छ । योसँगै ४० यात्रुको उद्धार गरिएको छ । फिलिपिन्स कोस्ट गार्ड (पीसीजी) ले कलिनावनबाट करिब ५० गज टाढा बिनगोनानको बराङ्गेमा पल्टिएको बताएको छ।
तीव्र हावाका कारण डुङ्गा पल्टियो: फिलिपिन्स कोस्ट गार्ड
एजेन्सीका अनुसार घटना बिहान करिब १ बजे भएको हो । फिलिपिन्सको कोस्ट गार्डका अनुसार शक्तिशाली हावाका कारण मोटर डुङ्गा पल्टिएको थियो र यात्रुहरूमा त्रास फैलिएको थियो। उक्त क्षेत्रमा खोजी र उद्धार कार्य जारी रहेको फिलिपिन्स समाचार एजेन्सीले जनाएको छ।




















