• जोसेफ उराव 

विराटचोक,१२ साउन । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष गणेश थापा मोरङको विराटचोकमा आइपुगेका  छन् । भोलि सुन्दरहरैचाको जेसिज भवन हुने  छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागि हुन् थापा शुक्रबार बेलुकी विराटचोक आइपुगेका हुन् ।

श्रीमती र दुई छोराहरु सहित विराटचोक आइपुगेका थापालाई सुन्दरहरैंचा नगरपालिकाका मेयर केदार प्रसाद गुरागाईंले स्वागत् गरेका छन् । 

पुर्व फुटबल खेलाडी समेत रहेका थापाले स्थानिय खेलाडी,खेल प्रेमि तथा  युवाहरुसँग विराटचोकको स्वाद होटलमा फुटबल खेलको  विकासको बारेमा छलफल गर्नुभएको युवा खेलप्रेमी तथा अभियन्ता युवेन गुरुङले जानकारी दिए  ।

उक्त छलफलमा नेपाल  खेलकुद महासंघका केन्द्रीय सचिव सन्तोष वान्तवा, नेकपा एमालेका युवा नेता बद्री अर्याल,सुन्दरहरैंचा ९ न. वडाका अध्यक्ष प्रकाश श्रेष्ठ, युवा खेलप्रेमी तथा अभियन्ता युवेन गुरुङ लागायत युवाहरुको बाक्लो उपस्थिती रहेको थियो ।