एजेन्सी । अपराजिता राई सिक्किमकी पहिलो महिला आईपीएस अधिकारी हुन्। उनले इस्वी सम्वत्  २०१० र २०११  दुवै वर्षमा UPSC लोक सेवा परीक्षा उत्तीर्ण गरिन । 

अपराजिता राईका पिता ज्ञानेन्द्र राई सिक्किमको डिभिजनल वन अधिकारी थिए। तर अपराजिता ८ वर्षकी हुँदा उनको निधन भयो । उनकी आमाको नाम रोमा राई हो । उनलाई सानैदेखि सरकारी कर्मचारीको जनताप्रतिको असंवेदनशील व्यवहारबारेमा  जानकारीमा थिइन्  । यी सबै देखेर उनले प्रणालीको हिस्सा बन्ने निर्णय गरिन । यो निर्णय लिएको दुई दशकपछि उनी सिक्किमकी पहिलो महिला आईपीएस बनिन्।

अपराजिता राई बाल्यकालदेखि नै पढाइमा निकै तेज थिइन्। उनले सन् २००४ मा आईसीएस बोर्ड परीक्षामा ९५ प्रतिशत अंक लिएर राज्यमा शीर्ष स्थान हासिल गरेकी  थिइन्  । उनले आफ्नो विद्यालय टाशी नामग्याल एकेडेमीमा उत्कृष्ट अलराउन्डर विद्यार्थीको लागि संस्थापक पदक प्राप्त गरकी थिइन्  ।

माध्यमिक शिक्षा पछि, उनले राष्ट्रिय भर्ना परीक्षा पास गरे र २००९ मा पश्चिम बंगाल न्यायिक विज्ञान विश्वविद्यालयबाट बीए एलएलबी (ऑनर्स) डिग्री प्राप्त गरिन । यहाँ उनले न्यायशास्त्र र सार्वजनिक प्रशासन दुवैमा स्वर्ण पदक प्राप्त गरे। उनले सन् २००९ मा नै पहिलो पटक UPSC लोक सेवा परीक्षा दिएकी  थिइन्  । यद्यपि त्यसपछि उनले क्लियर गर्न सकिनन्  ।

उनले आईपीएस तालिमका क्रममा प्रहरी एकेडेमीमा धेरै अवार्ड जितेकी थिइन्  । जसमा १९५८ ब्याच आइपिएस  अफिसर्स ट्रफी सर्वश्रेष्ठ महिला आउटडोर प्रोबेशनरको लागि, फिल्ड कम्ब्याटको लागि श्री उमेश चन्द्र ट्रफी, उत्कृष्ट टर्न आउटको लागि ५५ औं ब्याच वरिष्ठ अधिकारी ट्राफी र बंगालीका लागि पश्चिम बंगाल सरकार ट्रफी समावेश छ।

आईपीएस अपराजिता राई पश्चिम बंगाल क्याडरकी आईपीएस अधिकारी हुन्। उनी ड्यासिङ पुलिस अफिसरसँगै राम्रो खेलाडी  पनि हुन्। उनी अखिल भारतीय पुलिस ब्याडमिन्टन च्याम्पियनसिपमा रनर-अप भइन्। यसबाहेक लागुऔषध, सुन तस्करीका कयौं घटनाको पर्दाफास गरेर उनी चर्चामा छिन् । एक पटक उनले कर्पोरेट शैलीको तस्करी सिन्डिकेटको पर्दाफास गरिन । जसमा कोलकाताबाट सिलगढी जाँदै गरेको बसबाट ८ किलो सुन, ७४ किलो चाँदी र करिब तीन किलो औषधि बरामद भएको थियो । एजेन्सी