केराबारी,२७ साउन । मोरङको केराबारीमा आदिवासी जनजाती महासघले अधिवक्ता भगवती पाण्डेको पुत्ला जलाएको छ । मगर र तामाङ समुदायमा “दाजुबहिनीबीच बिहे हुने कुराको विवादास्पद अभिव्यक्ति दिएको विरोधमा शनिबार पुत्ला जलाएको हो ।
अधिवक्ता पाण्डेले दिएको गलत अभिव्यक्तिले मगर र तामाङ समुदायप्रति ठुलो अपराध गरेको भन्दै उनले घुडा टेकेर माफी माग्नु पर्ने जनजाती अभियन्ताहरुले बताएका छन् । आदिवासी जनजाती महासघ केराबारीका अध्यक्ष प्रेम लिम्बूको नेतृत्वमा भएको भएको विरोध कार्यक्रममा अधिवक्ता पाण्डेले माफी नमागे आन्दोलनको आगो दन्किने समेतको चेतावनी दिएका छन् ।
उक्त विरोध सभामा आदिवासी जनजाती महासघका सल्लाहकार सदस्य महेन्द्र मगर,जिल्ला सघर्ष समिती सहसंयोजक देबेन्द्र श्रेष्ठ,लगायतले सम्बोधन गरेका थिए भने आदिवासी जनजाती महासघका सदस्य युवराज राईले कार्यक्रम संचालन गरेका थिए ।





















