भारत । पहिलो फोटोमा सब्जी बेचिरहेका देखिएका मानिस 'सोबरन' भारत असमको सुखिया जिल्लामा बस्छन् । जतिखेर यिनि ३० वर्षका युवा थिए त्योबेला उनले फोहोरको डस्टबिनमा एउटी बालिका रोइरहेको भेट्टाएका थिए । दोस्रो तस्बिरमा देखिएकी यी युवती तिनै बालिका हुन् ।
डस्टबिनमा भेटिएकी ती अवोध बालिकालाई सोब्रनले घर ल्याए तर त्यतीखेर उनको विवाह भएको थिएन । सोब्रनले ती निर्दोष बालिकालाई भेटेपछि पाल्नको लागि आफुले बिहे नगर्ने निर्णय गरे । बालिकालाई पालन पोषण गर्ने,पढाउने अभिभारा लिए ।
उनले ती बच्चीको नाम पनि "ज्योति" राखिदिए । सोब्रन तरकारी बेचेर दिनरात मिहिनेत गर्थे भने छोरीले लगनशील भएर पढाइ गर्थिन् । तीनै ज्योति २५ जव वर्षकी भइन् । ज्योतिले २०१३ मा कम्प्यूटर साइन्सबाट स्नातकको पढाई पुरा गरिन र २०१४ मा असम लोक सेवा आयोगमा छनोट भइन् ।आज ज्योति असममा आयकर सहायक आयुक्तको रूपमा कार्यरत छिन ।
आजभोली सोब्रनलाई प्रश्न गरिन्छ,त्यो बेला जसलाई हुर्काउँदैछौ पढाउँदैछौ त्यो बच्ची यति सफल हुन्छ होला ?
त्यसपछि उनी भन्छन्,"मलाई यति मात्र थाहा छ कि मैले कोइला खानीमा हीरा भेट्टाएँ...।"
जात,पात,धर्म,द्वेष,हिंसा,क्रूरता,घमंड,अहंकार भन्दा माथि उठेर जिउने सोबरन । जीवन जिउने बाटो देखाउने सोबरन !! वास्तवमा यी मानिस सच्चा नायक हुन् !
यी व्याक्ती जहाँका हुन् तर यिनले गरेको त्यागको बारेमा मनपरे शेयर गर्नुहोला । धन्यवाद
- फेसबुकबाट




















