एजेन्सी। बलिउड अभिनेता अक्षय कुमारले भारतीय नागरिकता पाएका छन् । उनले आफ्नो ट्विटरमा भारतीय नागरिकताको प्रमाण पत्रको तस्बिर साझा गर्दै यसबारे जानकारी दिएका हुन् ।
अक्षय कुमारले यस तस्बिरसँगै लेखेका छन्, ‘मन र नागरिकता दुवै हिन्दुस्तानी । स्वतन्त्रता दिवसको शुभकामना । जय हिन्द ।’
पंजाब राज्यको अमृतसरमा ९ सितम्बर १९६७ मा जन्मिएका उनि २०११ देखि क्यानडाका नागरिक थिए । उनको असली नाम राजीव हरी ओम भाटिया पनि हो ।




















