विराटचौक ३० साउन । मोरङको सुन्दरहरैंचामा जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता २०८० मंगलबारबाट सुरु भएको छ। सुन्दरहरैंचाको विराटचौक स्थित प्लानेट फुट्सलमा भएको उक्प्रत तियोगिताको सुन्दरहरैंचा नगरपालिका नगरप्रमुख केदार प्रसाद गुरागाईंले उदघाटन गरेका छन् । 

अक्सिजन फिट्नेस नेपालको आयोजनामा भएको प्रतियोगिताको  उदघाटन गर्दै  नगरप्रमुख गुरागाईंले सुन्दरहरैंचा उर्वर खेलको भुमिले गर्दा थुप्रै राष्ट्रिय खेलाडी उत्पादन गरेको कुरा  व्यक्त गरे । उनले नगरले खेलकुद क्षेत्रमा आवश्यक बजेट समेत बिनियोजन गरेको छ अब नगरमा खेलकुद मिटको अयोजना गर्नुपर्ने कुरामा  जोड दिइने कुरा  व्यक्त गरे ।

365817804_791498459647133_7351085960712229001_n (1)खोर्सानेमा रहेको अक्सिजन फिट्नेस नेपालले सुन्दरहरैंचामा उक्त प्रतियोगिता  पहिलो पटक आयोजना  गरेको हो । उक्त प्रतियोगितामा २७ वटा डोजाङका बिभिन्न तौल समुहका ४ सय खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले बताएको छ । प्रतियोगिता २ दिन सम्म चल्नेछ।

अक्सिजन फिट्नेस नेपालका सल्लाहकार तथा कोशी प्रदेश तेक्वान्दो संघका सदस्य सुर्य दंगालले खेलकुदले अनुशासन सिकाउनुका साथै जिवनलाई स्वस्थ्य निरोगी हुन मद्द्त पुग्ने भन्दै तेक्वान्दो खेलबाट नेपालले अन्तर्राष्ट्रिय स्तरमा  समेत किर्तिमान कायम गरेको कुरा ब्रयाक्त गरे । खेलको मह्त्वका ’बारेमा दर्शाउदै नगरले यस खेलप्रति चासोका साथ हेर्नु पर्ने कुरा बताए।

366746855_791498346313811_2341960948185515116_nराज्यले अहिले सम्म खेलकुद क्षेत्रमा पर्याप्त बजेट छुट्याउन नसकेको गुनासो ब्यक्त गर्दै तेक्वान्दो खेलका लागी आवश्यक बजेट बिनियोजन गर्न खेलप्रेमी सरोकवलाले माग गरेका छन।

उक्त कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका वडा १२ का वडा अध्यक्ष रोशन ढकाल, वडा ९ का प्रकाश श्रेष्ठ ,खेलप्रेमी महानुभवहरु लगायतको उपस्थित रहेको थियो। उक्त कार्यक्रमलाई अक्सिजन फिट्नेस नेपालका सुमन कुमार श्रेष्ठले संयोजन गरेका हुन।