लेटाङ, ३ भदौ । भारतमा बेबारिसे अवस्थामा फेला परेका लेटाङ २ का अनिल मगरको परिवार सम्पर्कमा आएका छन । मगर भारतको तेलंगाना राज्यमा पर्ने सिकन्दराबाद शहरको पेराडाइस स्टेसन छेउ बस पार्कमा बिरामी अवस्थमा फेला परेको समाचार प्रकाशन भएपछि परिवार सम्पर्कमा आएका हुन् ।
लेटाङ नगरपालिका वडा नं. २ का वडा अध्यक्ष तेज प्रसाद तिम्सिनाका अनुसार परिवारले भारतमा सहयोग गर्नेहरु संग कुराकानी समेत गरिसकेको छ । बिरामी अवस्थमा रहेका मगरको भारतमा रहेका सहयोगी साथिहरुले अस्पताल भर्ना गरि उपचार समेत सुरु भएको वडा अध्यक्ष तिम्सिनाले जानकारी दिए ।
मगरका आमाबुबा छोराको उपचार गर्न भारत जाने तयारीमा हुनुहुन्छ । भारत बाट उद्दारका लागि पहल गर्ने रामकुमार बराललाई समेत मगरका परिवारले धन्यबाद ब्यक्त गरेको छ ।




















