झापा,७ भदौ। काँकडभिट्टाकी सानी ढकाल घिमिरेको छोरा गोपाल घिमिरे मलेसियामा  काम गरिरहेको पत्ता लागेको छ । ३७ वर्षीय गोपाल घिमिरे मलेसियाको पोट क्लक भन्ने ठाउँको एनगेम एसडीमन कम्पनीमा काम गरिरहेको पत्ता लागेको हो ।

अहिले भर्खरै मलेसियाबाट एक जना अपरिचित व्यक्तिले मेरो अर्जुन कार्की वटसर्पमा फोन गरेर काँकडभिट्टाका गोपाल घिमिरे मलेसियाको पोट क्लक भन्ने ठाउँको एनगेम एसडीमन कम्पनीमा काम गरिरहेको बताए । पोखराका प्रताप थापाले मलेसियाबाट मेरो वटसर्पमा फोन गरेर गोपाललाई ७/८ वर्षदेखि चिन्ने गरेको जानकारी गराए ।

‘गोपाल हामीसँगै काम गरिरहेको छ’, थापाले भने–‘अहिले उँ सुतिरहेको छ । म डिउटीमा छु । उसको रातिको डिउटी थियो । उँ यहाँ सन्चै छ । आमालाई चिन्ता नलिनु भन्दिनु भने ।’

तपाईँले हालेको भिडियो मैले एम्वीसीको पेजमा हेरेर गोपाल घिमिरेको आमा रुदै गरेको फोटो हेरेपछि म छक्कै परेको उनले बताए । उनले आमाले काँकडभिट्टाको गोपाल घिमिरे भनेपछि मैले थाहा पाए ।

गोपालले पहिलैदेखि आमासँग सम्पर्क गर्न खोज्दा कतैपनि नम्बर नपाएका कारण उँ निराश भइरहेको प्रतापको भनाई छ । उनले आमासँग कल गर्ने वातावरण मिलाइदिन मलाई अनुरोध गरेका थिए ।

गोपाल घिमिरेको यो फोटो उनले मलाई वटसर्पमा पठाइदिएको हो । फोन आउने वितिक्कै मैले गोपाल मलेसियामा काम गरिरहेको जानकारी उनको आमालाई गराइदिँदा खुसीले गदगद भएर भक्कानो छाडेर रोइन् ।

बुधवार साँझ मात्रै आमा सानी ढकाल घिमिरेले ईटाभट्टा स्थित प्रेस क्लब मेचीनगरको कार्यालयमा पत्रकारहरूसँगको भेटमा मलेसिया गएको ३७ वर्षका छोरा गोपाल घिमिरे ६ वर्षदेखि सम्पर्कविहीन भएपछि खोजी गरिदिन आग्रह गरेकी थिइन् ।

सम्बन्धित समाचार - ‘मलेसियाबाट छोराले सुन किनेको छु छिट्टै आउँछु आमा भन्थ्यो,त्यसपछि त फोन नै आउन छाड्यो’