एजेन्सी । चन्द्रयान-३ को चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गराउने इसरोका वैज्ञानिकहरूमा भारतको हरियाणा दादरीका ट्रक चालककी छोरी कविता पनि पर्छिन । आफ्नो बुबाको संघर्षलाई आफ्नो शक्ति बनाएर, कविताले आफ्नो सपना पूरा गरिन् र संसारभरका आफ्ना परिवारका सदस्यहरूलाई पनि चिनाइन।

चरखी दादरीको कलियाना गाउँमा बस्ने ट्रक चालक नरेश कुमारका चार छोरीमध्ये साइली कविता सन् २०१७ मा इसरोमा वैज्ञानिकको रूपमा नियुक्त भएकी थिइन् । चार छोरी र एक छोरालाई ट्रक चलाएर अफिसर बनाउन दिनरात मिहिनेत गर्थे ।

सन् २०१९ मा चन्द्रयान–२ को टोली सदस्यका रूपमा काम गरेकी कविता पहिले असफल भएकी थिइन् तर आफ्नो बुबाको सपना पुरा गर्न हिम्मत हारिनन् । असफल भएपछि पनि बहिनी र टोलीले हिम्मत नहारेको कविताका भाइ सचिनले बताए । उनि २०१७ मा एक वैज्ञानिक रूपमा नियुक्त भएकी थिइन् ।कविताको सफलतामा आफन्तले मिठाई बाँडेर उनको  उज्ज्वल भविष्यको कामना गरेका थिए ।

कविता इसरोको बैंगलोर सेन्टरमा बैज्ञानिकका रुपमा कार्यरत रहेको कविताका बाबुले छोरीहरुलाई कहिल्यै बोझ ठानेनन् आफ्ना चार छोरीहरू बाहेक छोरालाई पढाउन कडा मेहनत गरे। सन् २०१७ मा, कविता इसरोमा छनोट भइन् र छोरीले प्राविधिक टोलीको सदस्यको रूपमा काम गर्दा देशलाई गौरव दिलाएकोमा गर्वले छाति फ़ुलिएको कुरा व्यक्त गरे । प्रधानमन्त्री नरेन्द्र मोदीले कविता र उनको टोलीलाई उपलब्धि हासिल गरेको बधाई दिँदै छोरीले देशको नाम कमाएकोमा गर्व गरे। अहिले कविता पुन अर्को परीक्षाको तयारीमा जुटेकी छिन् ।