काठमाडौं,१० भदौ । नेपाल प्रहरीले १४ जना प्रहरीलाई हाजिर हुन निर्देशन दिएको छ ।
प्रहरी प्रधान कार्यालयले सात दिनभित्र हाजिर हुन उनीहरुलाई आइतबार सूचनामार्फत निर्देशन दिएकाे हाे ।
आफूखुसी कार्यालयमा गैरहाजिर रहेको, खोजतलास गर्दा-गराउँदा तथा प्रहरी नियमावली बमाेजिम सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएका कारण सूचना जारी गर्नुपरेकाे कार्यालयले जनाएकाे छ ।
तोकिएको समयमा स्पष्टिकरणसहित हाजिर नभए नियमानुसार सेवाबाटै हटाइने चेतावनी समेत कार्यालयले दिएकाे छ ।



