कास्की,१३ भदौ ।  नेपाली महिलाहरुको महान पर्व हारितालिका तीज नजिकिँदै छ। तिजका नाममा परम्परा र रितिरिवाज बाहिर रहेका तडकभडक, भड्किलाे कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्लाबासीहरूमा अनुरोध गरेको छ। 

प्रशासनले एक सूचना जारी गर्दै स्वीकृतिबीना सार्वजनिक स्थल,पार्टी प्यालेसमा रकम संकलन गर्ने उद्देश्यले मेला–महोत्सव नगर्न पनि निर्देशन दिएको छ । 

पछिल्ला वर्ष तीज पर्व मनाउने नाममा विभिन्न तडकभडकसहितका अत्यन्त खर्चिला तथा भड्किला कार्यक्रम गर्ने परिपाटी मौलाउँदै गएको छ । 

त्यसले विभिन्न विकृति र सामाजिक अपराधलाई प्रोत्साहन पुगेको भन्दै प्रशासनले जिल्लाबासीलाई सचेत बनाएको हो । 

जिल्ला प्रशासन कार्यालय कास्कीले सूचनाविपरीत गरे–गराएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने / गरिने समेत जनाएको छ ।

371119337_1010254580024223_2854563242762180532_n_1_gFFeBA5PfU (1)