पथरी,२० भदौ।माेरङको पथरी जेसीजले मलामीघाट सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।
जेसीज सप्ताह-२०२३ को तेस्रो कार्यक्रम अन्तर्गत बुधबार पथरीशनिश्चरे वडा नं १० डाँस खोलामा रहेको मलामीघाट सरसफाई कार्यक्रम सम्पन्न गरेको हो।
सो मलामीघाट क्षेत्रमा जथाभावी रूपमा रहेका फोहोरमैलालाई जेसीजले गत वर्षझैं यस वर्ष पनि सो क्षेत्रको सरसफाई गरिएको अध्यक्ष सुवर्ण खत्रीले जानकारी दिए।
उक्त कार्यक्रमको संयोजक जेसी निर्मल अधिकारी र मूल सप्ताह संयोजक पुजा थापा थिइन।
यसैगरी,आजै पथरीशनिश्चरे १० स्थित शिविरडाँडामा रहेको वृद्धाश्रमका वृद्ध- वृद्धाहरूलाई खीर खुवाएर 'बुबाआमासंग जेसीज' कार्यक्रम आयोजना गरेको छ ।
उक्त अवसरमा पथरी जेसीजले विपन्न परिवारका ५० जना वृद्ध वृद्धाहरूलाई सामुहिक खीर खुवाईएको थियो। कार्यक्रमको संयोजक निर्मला गिरी (एन्जीला) थिइन् भने उक्त अवसरमा मूल सप्ताह संयोजक जेसी पुजा थापा र सुवर्ण खत्रीले अध्यक्षता गरेका थिए।





















