एजेन्सी । मोरक्कोमा शुक्रबार राति गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या  ६ सय नाघेकाे छ ।

स्थानीय समय अनुसार राति ११ बजेर ११ मिनेटमा गएकाे भूकम्पमा परी ज्यान गुमाउनेकाे संख्या ६ सय ३२ पुगेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छ्न् ।

भूकम्पमा परी ३ सय २९ जना घाइते भएका छन् । घाइतेमध्ये केही अवस्था गम्भीर भएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

भूकम्प प्रभावित क्षेत्रमा खोजी र उद्धारकाे काम भइरहेकाे त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । भूकम्पपछि पराकम्पहरू समेत आइरहेका छन् ।

भूकम्पको केन्द्रबिन्दु माराकेशबाट ७१ किलोमिटर (४४ माइल) दक्षिणपश्चिममा उच्च एटलस पर्वतमा रहेको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएकाे छ ।