काठमाडौँ,२६ भदौ । नेकपा एमालेका युवा नेता रामप्रसाद रिजालले तारा बरालले मानसिक सन्तुलन गुमाएकोले उनलाई मानसिक अस्पतालमा लगेर उद्धार गर्न नेता रिजालले सामाजिक सञ्जाल फेसबुक मार्फत अपील गरेका छन् ।
आफुलाई सामाजिक अभियन्ता बताउने बरालले आज सामाजिक सञ्जाल मार्फत एमालेका उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन प्रती खुसियाली मनाउँदै अप शब्द लेखेकी भन्दै नेता रिजालले आक्रोश पोखेका छन् ।
नेता नेम्वाङको निधनले देश नै शोक मग्न भइरहेको बेला बरालको लेखाइ प्रति सामाजिक सञ्जालमा उनलाई व्यापक मनपरि गाली गरिरहेका छन ।
नेता रिजालले मानबता हराएकी तारा बराल तिमीपनि मृत्युबाट त बच्न सक्दैनौ' एकदीन अवस्य मर्ने छौ त्यो दिन सबैले तिमिलाई थुक्ने छन समेत सामाजिक सञ्जालमा लेखेका छन् । उनले थोरै भए पनि मानबता हुदा नै राम्रो भनेर अपील पनि गरेका छन् ।
प्रसिद्ध नेता नेम्वाङको मंगलबार विहान १ बजे हृदयघातकारण निधन भएको थियो ।




















