विराटचोक,२७ भदौ । मोरङको सुन्दरहरैंचामा संचालित खोर्साने मिनी महोत्सवमा चर्चित गायिका रचना रिमाल आउने भएकी छिन । खोर्साने युवा क्लवको आयोजनामा सुन्दरहरैंचा १२ स्थित स्थानीय किस्ती खोलाको किनारमा संचालित मीनी महोत्सवमा सांगेतिक माहौल बढाउन रिमाल आउने भएकी हुन् । 

दर्जनौ हिट गितहरु गाइसकेकी  रिमालको सांगेतिक प्रस्तुतीले महोत्सको रौनक बढ्ने व्यवस्थापक आनन्द बस्नेतले जानकारी दिए । साझ ६ बजेदेखी बेलुकी १० बजे सम्म रिमालको सांगेतिक प्रस्तुती रहने आयोजकले बताएको छ। 

376263701_330442302685840_3508178263147417860_nअसोज १३ सम्म चल्ने महोत्सबमा रोटेपिङ,झूला,ड्रागन रेल र बालबालिकाहरुका लागि मनोरन्जनका खेलहरु राखिएको महोत्सवका संयोजक मिलन तामाङलेले जानकारी दिए ।

त्यस्तै महोत्सवमा हाउजी लागायत विभिन्न खेलहरु,स्वादिष्ट परिकारका होटलहरु र व्यवस्थित पार्किङ्ग सुबिधा रहेको आयोजक क्लवका काजिहाङ्ग लिम्बूले जानकारी दिए । महोत्सवमा मंगलबार चर्चित गायिका आस्था राउतको धामाकेदार प्रस्तुती रहेको थियो ।