लेटाङ, ३१ भदौ । मोरङको पर्यटकीय सुन्दर नगरी लेटाङमा-९ जाँतेमा मेला लाग्ने भएको छ । लामो समय देखि  वर्षेनी कार्यक्रमहुने गणेश मन्दीरमा केही वर्ष देखि रोकिएको मेला लाग्ने भएको हो ।

भदौ ३० गते देखि धार्मिक कार्यक्रम सहित सुरु भएको अनुष्ठान अशोज १ गते देखि धार्मिक कार्यक्रम सहित मेला सहितका कार्यक्रम हुने स्थानिय युवा समाजसेवी दीप राईले जानकारी दिनुभयो । 

374219699_786141543521003_3576907458494087220_nनगरकै पुरानो धार्मिक तथा एतिहासिक महत्व रहेको जाँतेको आहाले स्थित गणेश मन्दीरको पाङगणमा प्राण प्रतिष्ठा सहित मुर्ति पुर्नस्थापना गर्ने साथै भलिवल प्रतियोगिता, हण्डिफोर प्रतियोगिता, तिज कार्यक्रम र विभिन्न रोमान्चक खेलकुद समेत हुने भएको छ । 

बुढ्यौली चौक बाट ३ सय मिटर दक्षिणमा रहेको गणेश मन्दीर टोलमा हुने कार्यक्रम पुरानो ऐतिहासिक मेलालाई समेत पुन सुरु गर्ने भएको छ । 

गणेश मन्दीर लेटाङकै पूरानो मन्दीर हो । यहाँ मानिसहरु विभिन्न समस्यामा हुने गरेका थिए । हात्ति,वाघ लगायतका जंगली जनावरले दुख्ख दिन थालेपछि मन्दीरको स्थापना गरि पुजा गर्न थालेपछि उक्त समस्या टरेको स्थानिय जेष्ठ नागरिकहरुको भनाई रहेको छ।

May be an image of grass and tree