एजेन्सी । एलोन मस्कको कम्पनी ट्विटरले हमाससँग सम्बन्धित सयौं अकाउन्टहरू सदाका लागि बन्द गरेको छ । हमासले इजरायलमा आक्रमण गरेको घृणित र भ्रामक पोष्टलाई पनि हटाएको छ।
समाचार एजेन्सी रायटर्सको रिपोर्ट अनुसार कंपनीको सीईओ लिंडा याकारिनोले बिहीबार सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।
हमासले इजरायलका नागरिकहरूलाई त्रसित बनाउन सामाजिक सञ्जालमा हत्याको भिडियो शेयर गरेको भन्दै पोस्टहरू हटाएको हो ।
युरोपेली संघका सदस्य राष्ट्रहरू लगायत विश्वभरका कानून प्रवर्तनहरुले एलोन मस्कको कम्पनीलाई ती भडकाऊ र आतंक फैलाउने भिडियो र युद्धसँग सम्बन्धित पोस्टहरू हटाउन अनुरोध गरेका थिए ।




















