विराटचोक,२७ असोज । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -६ मा रहेको हरियाली सामुदायिक वन उपभोक्ता समुहको १८ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ।
शुक्रबार भएको साधारणसभामा उपभोक्ता समुहका अध्यक्ष महेश राईले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सामुदायिक वनमा प्रस्तावित ग्रिनपार्क निर्माणको लागी नेपाल सरकारको हरेक सम्बन्धित निकायहरुमा तथा गैर सरकारी संस्थाहरुमा पहल गर्ने प्रस्ताव पेस गरेका छन।
त्यसै गरी अध्यक्ष राईले वन डढेलो सम्बन्धी जनचेतनाका कायृक्रमहरु सञ्चालन गर्ने, सुख्खायामको बेला अत्यधिक वन डढेलो लाग्ने जोखिम भएकोहुँदा अग्नि नियन्त्रणका लागी फायर फाइटिङ इक्युप्मेन्ट खरिद गर्ने,चोरीशिकारी बिरुद्ध अभियान सञ्चालन गर्ने भावि योजना प्रस्तुत गरेका छन।
घाटगद्दी स्थल तथा घेराबारा मर्मत गर्ने, बाक्ला तथा रोगी बिरुवाहरु हटाउनकालागि थिनीङ कार्य गर्ने, विपन्न तथा महिलाहरुकालागि सिपमुलक तथा आयमुलक तालिम सञ्चालन गर्ने कार्य गर्ने प्रतिवेदनमा उल्लेख छ।
२०५६ सालदेखि मा संचालनमा आएको उक्त उपभोक्ता समुहमा वडा नं. ५ र ६ का ३९१ जना उपभोक्ता रहेका छन ।
सो कार्यक्रममा वडा ५ का अध्यक्ष गणेश चौधरीले आफ्ना भनाई राख्दै वन भित्र ग्रीन पार्क निर्माण निर्माणका लागी वडाको तर्फ सहयोग र पहल गर्ने प्रतिवद्धता समेत ब्यक्त गरेका छन। जसले गर्दा यहाँको पर्यटकीय विकासमा टेवा पुग्ने समेत बताए।
लाटिझोरा सव डिभिजन वन कार्यालयका प्रमुख अमृत बिलासपन्तले वन उपभोक्ता समुहलाई आफ्नो कार्यालयबाट हुने परामर्श ,र सुझावका लागी आवश्यक सहयोग र समस्याका निकास दिन सकिने बताए।


