मुम्बई,१४ कात्तिक । लोकप्रिय मलयालम फिल्म र टिभि सिरियल अभिनेत्री रेन्जुषा मेननले आत्महत्या गरेकी छन्। उनी आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । उनी जम्मा ३५ वर्षकी थिइन् ।
उनको घर तिरुवनन्तपुरमको श्रीकार्यममा रहेको अपार्टमेन्टमा थियो। उनको मृत्युबारे श्रीकार्याम प्रहरीले अनुसन्धान सुरु गरेको छ । सोमबार बिहान ढिलो समयसम्म कोठा बन्द हुँदा परिवारलाई शंका लागे पछि जबरजस्ती ढोका खोल्दा उनी झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । उनले धेरै टिभी सिरियल र फिल्ममा काम गरिसकेकी छन् ।
रिपोर्टका अनुसार रेञ्जुषा पतिसँग फ्ल्याटमा बस्दै आर्थिक संकट झेल्दै थिइन् । उनको मृत्यु बिहान ११ बजे श्रीकार्यम प्रहरी चौकीमा भएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानमा आत्महत्या भएको बताए पनि मृत्युको कारणबारे अनुसन्धान भइरहेको बताए ।
आत्महत्या गर्नुभन्दा केही घण्टाअघि रेन्जुषा मेननले आफ्नो इन्स्टाग्राम अकाउन्टमा आनन्द रागमसँगको भिडियो पनि पोस्ट गरेकी थिइन् जसमा उनी निकै खुसी देखिएकी थिइन् । यो दु:खद खबर बाहिर आएसँगै उनका फ्यानहरु स्तब्ध भएका छन् । उनको सामाजिक सञ्जाल ह्यान्डलमा एक फ्यानले भनेका छन्, ‘यति खुसीले भिडियो पोस्ट गरेको केही घण्टापछि उनले आत्महत्या गर्नुको कारण के होला ?




















