पोखरा,२० कात्तिक । नेकपा एमाले जिल्ला कमिटी कास्कीले यहीं कार्तिक २४ गते शुक्रबार आयोजना गर्ने भनेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम स्थगित भएको छ ।
एमाले कास्कीका उपसचिव दर्शन लामाले सामाजिक सञ्जाल फेसबुक मार्फत जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा गत शुक्रवार राति गएको विनाशकारी भूकम्पबाट अकल्पनिय धनजनको क्षति भएको घटनाका कारण कार्यक्रम स्थगित गरिएको उल्लेख गरेका छन् ।
‘जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा गत शुक्रवार राति गएको विनाशकारी भूकम्पबाट अकल्पनिय धनजनको क्षति भएको घटनाका भएकोमा हामीलाई अत्यन्त दु:खी बनाएको छ। विपत्तिको यस दु:खद् घटनामा पीडित परिवारप्रति नेकपा (एमाले) जिल्ला कमिटी कास्की गहिरो समावेदना प्रकट गर्दछ, साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ‘ उपसचिव लामाले लेखेका छन् ।
भूकम्प प्रभावितको उद्धार, राहत र पुनःस्थापनामा सक्रिय सहभागिता जनाउन सबैमा एमाले कास्कीले अनुरोध समेत गरेको छ ।




















