लंग आइल्याण्ड,२१ साउन । प्रख्यात नेपाली अभिनेता एवम् वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठलाई अमेरिकामा स्वागत गरिएको छ । बरिष्ठ हाँस्य कलाकार समेत रहेका श्रेष्ठ सहित उनको परिवार र समता ग्लोवलको टिमलाई न्यूयोर्कको लंग आइल्याण्डमा समाजसेवी वेद खरेलको निवासमा  स्वागत गरिएकाे हो ।

297770191_6127695793912581_8232114025601712241_n

बुधवार भएको स्वागत कार्यक्रममा कलाकार श्रेष्ठले लंग आइल्याण्ड सोसाइटीका महानुभावहरुलाई महको 'म' पुस्तक प्रदान गर्दै सारगर्भित मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा नेपाली कांग्रेसका नेता नवलपुरका सभापति एवं पूर्व सांसद महेन्द्र ध्वज जिसी ,अमेरिकाका वरिष्ठ कानुन व्यवसायी एवम् सुपर लयर खगेन्द्र जिसी एवम् समता ग्सोवलका अध्यक्ष प्रोफेशर डाक्टर उत्तम गौली,गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद अमेरिकाका वोर्ड अफ डाईरेक्टर विश्वराज वास्तोलाकाे महत्वपूर्ण उपस्थिति थियो ।

साथै लंग आइल्याण्ड नेपाली समाजका अध्यक्ष वसन्त वसन्त चापागाईं ,महासचिव वावुराम शर्मा, समाजसेवी शंकर भण्डारी, पन्डित आचार्य, पिपल मणि सिग्देल,लक्ष्मी सुवेदी,विशाल रेग्मी ,श्याम पौडेल सूर्य पौडेल ,विनिता चापागाई,पिताम्वर काफ्ले ,विष्णु आचार्य ,नमिता पौडेल,सुमन बास्तोला,लक्ष्मी बास्तोला लगायत समाजका अग्रणी सामाजिक व्यक्तित्वहरूकाे उपस्थित रहेको थियो।

यो विशेष अवसरको लागिकाे लागि समाजसेवी आदरणीय वेद खरेल कलावती खरेल ,छोराहरु पारस,विकाश एवम् खरेल परिवार र समता ग्लोवलका उपाध्यक्ष टिका ढकाल लाई धन्यवाद व्यक्त गरिएको थियो ।