काठमाडौं । हिजो राति देखि झण्डै १० घण्टा सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, म्यासेन्जर र ह्वाट्सएप लगभग १० घण्टाको गडबडीपछि ठिक भएको छ । यी एप्स पूर्ण रुपमा ठप्प त थिएनन् तर केही फिचरमा समस्या देखिएको थियो । फेसबुकले अब यो समस्या हटिसकेको भनेको छ । विश्भर आएको यो समस्याले अर्बौ मानिस प्रभावित भएका थिए । विशेषगरी यी एप्समा तस्बिर र भिडियो पठाउन समस्या थियो भने यी अपलोड पनि भइरहेका थिएनन् ।
फेसबुक वेबसाइट र एपका न्यूजफिडमा केही तस्बिर लोड हुन सकिरहेका थिएन र इन्स्टाग्राममा पनि यस्तै समस्या देखिएको थियो । ह्वाट्सएपमा पनि मानिसहरुलाई तस्बिर र भिडियो पठाउन र ती डाउनलोड गर्न समस्या भइरहेको थियो । केही प्रयोगकर्ताले फेसबुकमा केही तस्बिर, भिडियो वा अन्य डेटालाई एप वा वेबसाइट दुबै तर्फबाट एक्सेस हुन नसकेको बताएका थिए ।
यस्तै गरी इन्स्टाग्राममा स्टोरिज हेर्न समस्या भइरहेको थियो र केही तस्बिर लोड हुन सकेका थिएनन् । फेसबुकले ट्वीट गरेर यसबारे आफूलाई थाहा भएको र यसमाथि काम भइरहेको जानकारी दिएको थियो । फेसबुक र इन्स्टाग्राममा केही तस्बिर राम्रोसँग लोड भइरहेका थिएनन् । कतिलाई फेसबुक मेसेन्जरमा मेसेज हेर्न पनि समस्या भइरहेको थियो ।


