मधुमल्ला,१८ मङ्सिर । मोरङको मिक्लाजुङका बाल गायक साहिल योङहाले केही दिन अघि गाएको एउटा गीत (किन किन तिम्रो तस्बिर मलाई निकाे लाग्छ) अहिले सामाजीक सञ्जालमा चर्चामा छ । सोही गित बाट चर्चामा आएका बाल गायक साहिलको आफ्नै स्वरमा गीत रेकडीङ हुने भएको छ ।
मोरङको मिक्लाजुङ गाउँपालीका वाड न. ७ मा रहेको रिलाईन्स अंग्रेजी माध्यामिक विद्यालय कक्षा ६ मा अध्यनरत योङहांङको गीत नयाँनयाँ खबरका पत्रकार किशोर निरौलाले उक्त भिडियो नयाँनयाँ खबर र आफ्नो फेसबुक पेजमा पोस्ट गर्नु भएको थियो।
त्यो भिडीयो अहीले भाईरल भएपछी पत्रकार भाग्य न्यौपानेले देखेपछि पत्रकार किशौर निरौला र भाग्य न्यौपानेबिच कुरा कानि भयो र भाग्यले पनि सहिलसंग अन्तरवार्ता लिनु भयो र पोष्ट समेत गर्नु भयो। सो भिडियो हाल भाइरल बनेको छ । साहीलको त्यही गित हेरेर मोरङ मिक्लाजुङ गाउँपालीका वडा नं.२ घर भई हाल बिर्तामोडमा व्यवसाय गर्दै अउनु भएका विक्रम राईले गीत रेकर्डीङका लागि सहयोग गर्नु हुने भएको छ । सहिलले गाउने गीत भने हाललाई गोप्य राखीएको छ ।
साहिल विगत ४ वर्ष मिक्लाजुङ मधुमल्लामा रहेको बिहानी कला केन्द्रमा प्रशिक्षण समेत लिइरहेका छन । वरिष्ठ गायक तथा संगितकार विशाल राई संग संगीतको कक्षा समेत लिइरहेकाछन । साहिल मेहेनती र अनुशाषित विद्यार्थी भएको प्रशिक्षक विशाल राई बताउनु हुन्छ । अब केही दीनमा नै साहिल भाईको आवाजमा गित रेकर्डिङ हुने पत्रकार किशोर निरौलाले बताउनु भयो ।



















