काठमाडौं,१९ मंसिर । भारतको महाराष्ट्रको सांगली जिल्लाको एउटा गाउँमा डिजिटल उपकरणहरूको बढ्दो लतबाट हटाउने तरिकाहरु अपनाउन थालेका छन् ।
जसका लागि मानिसहरूलाई आफ्नो फोन र अन्य इलेक्ट्रोनिक उपकरणहरू डेढ घण्टाको लागि अलग राख्ने निर्णय गरिएको छ । मोहित्यान्चे नाम गरेको गाउँमा दैनिक बेलुकी ७ बजे साइरन बजे पछि फोन र अन्य इलेक्ट्रोनिक उपकरणहरू अलग राख्ने गरिन्छ ।
जसको उद्देश्य बालबालिकालाई इन्टरनेटको लतबाट बाट हटाउन र अध्ययनमा ध्यान केन्द्रित गर्न मद्दत गर्नुका साथै ज्येष्ठ नागरिकहरूलाई समुदायसँग अन्तरक्रिया गर्न वा पढ्ने जस्ता बौद्धिक गतिविधिहरू गर्न प्रोत्साहित गर्ने लगायतको थियो ।
गाउँको एक विद्यालयका शिक्षकले बालबालिकाको शारीरिक कक्षामा बालबालिका अल्छी भएका, पढ्न र लेख्न नचाहेको र विद्यालय समयअघि र पछि मोबाइल फोनमा व्यस्त रहेने कुराको गाउँपालिकामा जानकारी गराएपछि गाउँपालिका प्रमुखले विजय मोहितेले यस्तो योजना एक पटक प्रयोगका रूपमा प्रस्ताव गरेका थिए । पछि यस्तो सुझावलाई कार्यपालिकाले अनिवार्य गर्ने निर्णय गरेको थियो ।
यस्तो नियमपछि आजकल साँझ ७ बजेदेखि ८:३० बजेसम्म गाउँलेहरू मोबाइल फोन छाडेर टेलिभिजनको स्वीच अफ गरेर पढ्ने, लेख्ने र कुरा गर्नमा केन्द्रित भएका छन् । यो नियमको गाउँलेहरुले पालना गरेकि गरेनन भनेर अनुगमन गर्न गाउँपालिकाले समिति पनि गठन गरेको छ । एजेन्सी




















