विराटचोक,२२ मंसिर । मोरङको सुन्दरहरैंचा नगरपालिकाको २ नं. वडा कार्यालयमा  स्थानीय बासिन्दाले तालाबन्दी गरेका छन् ।अत्याधिक कर बढेको भन्दै विरोधमा स्थानियहरुले बिहिबार देखि वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

बिहिबार वडा कार्यालयको भित्री गेटमा ताला लगाएका स्थानियहरुले शुक्रबार भने बिहानै देखि वडा कार्यालयको मुख्य गेटमानै ताला लगाइएको स्थानीय एक युवाले बताए ।

कर बढेको विषयमा केही महिना अघिदेखि स्थानीय राजनितिक दलहरुले समेत कर बढेको भन्दै आन्दोलनका कार्यक्रमहरु गरेका थिए । तर राजनितिक दलहरुले गरेको आन्दोलन विना निष्कर्ष सकिएको थियो ।

राजनितिक दलहरुको आन्दोलनले समेत नगरमा बढेको कर समायोजन हुन नसकेपछि बिहिबार देखि २ नं  वडा कार्यालयमा स्थानियहरुले आफै ताला लगाएका हुन  ।

कर समायोजन गर्ने विषयमा नगरपालिकाले भने विभिन्न व्यक्तिहरु  संग छलफल भने गरिरहेको छ । सुचना स्रोतका अनुसार नगरलेपालिकाले  कर घटाउने विषयमा नगर स्तरिय विभिन्न समितिहरु बनाएर छलफल गरिरहेको जानकारी प्राप्त भएको छ ।