विराटचोक,२५ पुस । मोरङको सुन्दरहरैँचा नगरपालिकाका मेयर केदार प्रसाद गुरागाईंले सामुदायीक विद्यालयले सिपमुलक शिक्षामा जोड दिनुपर्ने बताएका छन्।मंगलबार भएको सोहि नगरको ३ न. वडामा रहेको जनता माध्यमिक विद्यालय त्रिजुगाको ५७ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा बोल्दै गुरागाईंले शिक्षा र स्वास्थ्यमा जोड दिन अभिभावक र शिक्षकको ध्यानाकर्षण गराएका छन।

Untitled-3 (1) 4 कार्यक्रमको प्रमुख अतिथि समेत रहेका नगरप्रमुख गुरागाईले  निजि विद्यालय र सामुदायिक विद्यालयलाई हेर्ने दृष्टिकोण फरक भएपनि एउटै अभिभावकले निजि विद्यालयमा पढाउदा टिफिन खुवाउन जाने तर सामुदायिक विद्यालयमा पढाउने त्यहि विद्यार्थीलाई टिफिन पुर्याउन नसक्ने व्यवहारलाई परिवर्तन गर्नु पर्ने बताए ।

विद्यार्थीको क्षमता अनुसार विद्यार्थीको रुचि अनुसार व्यावसायिक शिक्षामा जोड दिन आवश्यक रहेको भन्दै पाइलट प्रोजेक्टको रुपमा अघि बढ्न आवश्यक रहेको धारणा पनि राखेका थिए । सोहि कार्यक्रममा साजिलाल माद्यामिक विद्यालयका प्रध्यानाध्यापक श्यामबाबु काफ्लले डिग्री हासिल गरेर मात्र होइन शिक्षण पद्धति र विद्यार्थीलाई कसरी उत्साहित र गुणस्तरीय शिक्षा प्रदान गर्न अग्रसर हुनु पर्ने जोड दिए।

Untitled-3 11दाहाल छात्रवृत्ति अक्षय कोषको सम्मान कार्यक्रम समेत रहेको उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका संस्थापक सदस्य गोहीलाल चौधरी र पुर्व व्यवस्थापन समिति अध्यक्ष तथा पुर्व प्रध्यानाध्यापक रुद्रप्रसाद दुलाललाई सम्मान गरिएको थियो। 

कार्यक्रममा विद्यालयको गतिविधि र प्रगति र आगामी कार्ययोजनाको प्रतिवेदन प्रस्तुत सो विद्यालयका प्रध्यानाध्यापक ओम भण्डारीले प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा गछिया प्रहरी चौकीका प्रहरी नायव निरीक्षक सुर्य बहादुर बस्नेतको अगुवाइमा लागु औषध सम्बन्धि सचेतना मूलक कार्यक्रम समेत गरिएको थियो।