विराटचोक,२५ पुस । निजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ( प्याबसन) सुन्दरहरैँचा नगर कार्यसमितिले सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा बितरण गरेको छ । प्याबसनको ३३ औं स्थापना दिवसको अवसर पारेर सुन्दरहरैँचा २ स्थित सरस्वती आधारभुत विद्यालयका ५८ जना जेहेन्दार विद्यार्थीलाई जाडाेमा न्यानो कपडा बितरण गरेको हो ।
मंगलबार भएको उक्त कार्यक्रम नगरपालिका शिक्षा शाखाको समन्वयमा न्यायो कपडा बितरण गरिएको प्याबसन नगर अध्यक्ष दिपेन राईले जानकारी दिए ।
प्याब्सनले गरेको रचनात्मक कार्यप्रति आभार प्रकट गर्दै विद्यालयका प्रध्यानाध्यापक चन्दा कुमारी विश्वासले स्थानीय सरकारले ओझेलमा परेको सामुदायिक आधारभूत विधालयको शैक्षिक गुणस्तर बिकास गर्न ध्यान आकर्षण गराइन ।
कार्यक्रममा प्रमुख अतिथि नगर शिक्षा शाखा प्रमुख लिला ओझा थिइन् । कार्यक्रममा वडा अध्यक्ष विवश प्रधान , प्याब्सनका केन्द्रीय सचिव हेमन्त कार्की , काेशी प्याब्सन कमिटी उपाध्यक्ष अर्जुन वस्नेत , नगर प्याब्सन कमिटीका सल्लाहकार गाेविन्द कार्की , देवी सिटौला लगायत प्याब्सनका पदाधिकारी,सदस्य साथै शिक्षासेवीकाे सहभागिता रहेको थियाे।
त्यसैगरी प्याबसन सुन्दरहरैँचा नगर कार्यसमितिले मंगलबारनै बेलुका दिप प्रज्वलनको कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा २०७९ को एसइइ परिक्षामा नगरपालिकाकै उत्कृष्ट नतिजा ल्याउने २ जना विद्यार्थीलाई सम्मान समेत गरिएको नगर अध्यक्ष दिपेन राईले जानकारी दिए ।
छात्र तर्फ सिद्धार्थ माद्यामिक विद्यालयका ३.९० जिपिए ल्याउने सौरभ बुढाथोकी र छात्रा तर्फ ज्ञान ज्योति इंग्लिस स्कुलबाट ३.९५ जिपिए ल्याउने संस्कृति दाहाललाई दोसल्ला ओढाएर नगद सहित सम्मान पत्रले सम्मान गरिएको अध्यक्ष राईले बताए ।
सो दिवसको अवसरमा प्याब्सन केन्द्रीय सचिव हेमन्त कार्की लगायत बक्ताले कार्यक्रममा आफ्नो धारणा व्यक्त गरेका थिए । प्याब्सन अध्यक्ष दिपेन राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई नगर सचिव टिका पराजुलीले संचालन गरेका थिए ।




















