नयाँ दिल्ली,७ माघ । दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्डनाको डिपफेक भिडियो बनाउने आरोपी पक्राउ परेका छन् । दिल्ली प्रहरीको विशेष कक्षको इंटेलिजेंस फ़्यूज़न और रणनीतिक अपरेशनले इमानी नवीनलाई पक्राउ गरेको हो ।
आन्ध्र प्रदेशको गुंटुर जिल्लाको पालापरु गाउँका २४ वर्षका युवा भएको अपरेशन टोलीका डीसीपी हेमन्त तिवारीले यसको पुष्टि गरेका छन् । उनले नै मन्धनाको डिपफेक भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड गरेका थिए ।
इमानी नवीनलाई आन्ध्र प्रदेशको गुन्टुरबाट पक्राउ गरिएको र उनको साथबाट ल्यापटप र मोबाइल बरामद गरिएको आइएफएसओका डीसीपी तिवारीले बताएका छन् ।
उनले मेटाइएको डाटा पनि बरामद भएको छ। फलोअर्स बढाउनका लागि उनले अभिनेत्री रश्मिका मन्डन्नाको फ्यान पेज बनाएका छन् भने अन्य दुई सेलिब्रेटीको फ्यान पेज पनि बनाएका थिए ।




















