• भगवती अर्याल Untitled-4 (2) 13

विराटचोक,८ माघ । मोरङको सुन्दरहरैँचामा अवस्थित सुकुना बहुमुखी क्याम्पसकी  विद्यार्थी नेपालकै कान्छी शिक्षक बनेकी लेकीडाेमा तामाङ पछि अर्का विद्यार्थी रविन राई पनि नेपालकै कान्छो शिक्षक बन्न सफल भएका छन् । 

बिएड विज्ञान दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी रविन राईले निमावि विज्ञान विषयको शिक्षक सेवा आयोगको परीक्षामा कोसी प्रदेशबाट नाम निकाल्न सफल भएका हुन् । उनको जन्म मिति २०६० मङ्सिर ५ गते हो । सेवा आयोगले २०८० माघ ५ गते नतिजा प्रकाशन गर्दा उनी उनको उमेर २० वर्ष २ महिना थियो ।

आयोगको नेपाल भरीको नितजा हेर्दा निमावि तहमा पुरुष तर्फ उनले सबभन्दा कम उमेरमा सफल भएर नेपालको कान्छो शिक्षक बनेको देखिएको क्याम्पस  प्रमुख अर्जुनराज अधिकारीले जानकारी दिए । 

  • यस्तो छ रविन राईको बारेमा...

कान्छो शिक्षक रविन राईको जन्म एउटा गरिव किसान परिवारमा सिलिचोङ ४‚ मङ्तेवा‚ सङ्खुवासभामा भएको हो । उनको माध्यमिक तहसम्मको शिक्षा सङ्खुवासभा खादबारीको श्री बागेश्वरी माध्यमिक विद्यालयमा भएको हो ।

२०७८ सालमा विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण गरेपछि उच्चशिक्षा अध्ययन गर्नका लागि सुकुना क्याम्पस पूर्वकै उत्कृष्ट क्याम्पस हो‚ त्यहाँको शैक्षिक वातावरण उत्तम छ‚ शिक्षकहरू सहयोगी तथा उत्प्रेरक छन्‚ शिक्षण सिकाइ क्रियाकलापमा अब्बल छ र पुस्तकालयमा पर्याप्त सामग्री छन् भन्ने सुनेकाले उनले यो क्याम्पस रोजेको बताउँछन् । 

Untitled-4 (1) 12यति कम उमेरमा शिक्षक सेवा आयोगबाट नाम निकाल्न कसरी सफल हुनु भयो भन्ने प्रश्नको उत्तरमा उनी भन्छन् आफ्नो गरिवी‚ पुर्ख्यौली ऋणको बोझ‚ बुबा आमाहरूले पढ्न नसकेर दुख पाइएको भनी गरेको गुनासोले अब म पढेर शिक्षक बन्छु भन्ने सपना देख्न थालेँ । शिक्षकहरूका व्यवहार आनीबानी देखेर यो पेशा पवित्र‚ असल र उत्कृष्ट रहेको महसुस गरेँ । शिक्षक पेशाले अरु पेशाको जन्म दिन सक्ने रहेछ । यो नै सम्मानित पेशा हो भन्ने महसुस गरेँ । शिक्षक बन्ने सपना देखेर म अलिअलि तयारी पनि गर्दै थिएँ । सुकुना क्याम्पसमा पढ्न थालेपछि क्याम्पसका शिक्षकहरूले अझै उत्प्रेरित गर्नु भयो ।

विज्ञानका विभागीय प्रमुख जीवन सापकोटा‚ शिक्षक तुलसी पौडेल‚ हेमराज दाहाल‚ उषाकिरण वाग्ले‚ रमेश खतिवडा‚ लेखबहादुर सर‚ इन्द्र सर‚ दिव्यराज सर लगायतका धेरै शिक्षकहरूले तिमीले अवश्य पनि केहि गर्न सक्छौ‚ अहिले युवा छौ‚ अहिले बरालिने होइन‚ राम्रो तयारी गर भनेर आयोगको तयारी गर्ने तरिकाहरू सेयर गर्नु हुन्थ्यो ।

अझ उषाकिरण मेम त मेरो लागि प्रेरणाको उच्च स्रोत हो‚ मेरो मार्गदर्शक हो‚ उहाँले त हरेक समयमा उत्प्रेरित गरिरहनु हुन्थ्यो‚ उहाँ त मेरो लागि बाटो देखाउने साक्षात आमा नै हुनुहुन्छ भन्दा फरक पर्दैन । यी सबै कारणले गर्दा म सफल भएँ । वास्तवमा हामी जस्ता विद्यार्थीहरूका लागि सुकुना क्याम्पस उत्तम थलो रहेछ भन्ने महसुस गरेको छु । 

img-20240121-064336 1यो पनि पढ्नुहोस - सुकुना क्याम्पसकी विद्यार्थी बनिन नेपालकै कान्छी शिक्षक

तपाईँको पढ्ने र तयारी गर्ने तरिका के कस्तो छ भन्ने प्रश्नको उत्तरमा उनी भन्छन् मैँले आयोगको तयारी गर्दा सूत्र बनाउँथेँ‚ चित्र र डायग्राम बनाउँथेँ‚ मूख्यमूख्य बुँदा टिपोट गर्थेँ   र पटक पटक पुनरावृत्ति गर्थेँ । धेरै साथीहरूले फेसबुक र युट्युवको दुरुपयोग गर्छन् तर म ति सामाजिक सञ्जालको उपयोग गर्थेँ । सामाजिक सञ्जालमा शिक्षाप्रद नयाँ कुरा भेट्ना साथ म स्क्रिनसट गर्थेँ  र भेरिफिकेसनका लागि आधिकारिक स्रोतको अध्ययन गर्थेँ । त्यसपछि नोट बनाउँथेँ र सुत्नु अघि त्यहि नोट सरसर्ति पढ्थेँ र सम्झिन्थेँ । फुर्सदको समयलाई मैँले आयोगको तयारीमा पूरै उपयोग गरेँ । मेरो तयारीमा धेरै साथीहरूले मलाई सहयोग गर्नु भएको छ । योजना र रुटिन मिलाएर अध्ययन गर्ने हो भने अवश्य नै सफल हुन सकिने रहेछ । म मेरा साथीहरू र विशेष गरी युवा पिढिलाई यहि सल्लाह दिन चाहन्छु । उनी थप्दछन् घोकेन्ते विद्याभन्दा बुझेर‚ सोचेर‚ योजनावद्ध र सूत्रवद्ध तरिकाले अध्ययन गरी झर्को नमानी र अल्छि नगरी पटक पटक अभ्यास गरेमा सफल हुन सकिँदो रहेछ । (रविन राईको पृष्ठभुमि : सुकुना क्याम्पसका सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दहालबाट प्राप्त)

  • समन्धित समाचार 

सुकुना क्याम्पसलाई अर्को सफलता : बङ्गलादेशको दुई प्राविधिक शैक्षिक संस्थाबीच सम्झौता