काठमाडाैं,१० माघ । नेपाल प्रहरीले २४ जना प्रहरीलाई हाजिर हुन निर्देशन दिएको छ ।
कार्यालयमा जानकारी नगराई लामो समयदेखि गैरहाजिरमा रहेका २४ जना प्रहरीलाई ७ भित्रमा हाजिर हुन आउन प्रहरी प्रधान कार्यालयले बुधबार सूचनामार्फत निर्देशन दिएकाे हाे ।
३ जना प्रहरी सहायक निरीक्षक (असई) हवल्दार,३ जना, प्रहरी सहायक हवलदार र १८ जना प्रहरी जवान एक महिनाभन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेको जानकारी दिएको छ ।
खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाे उल्लेख गर्दै कार्यालयले ७ दिनभित्र स्पष्टिकरणसहित सम्पर्कमा आउन निर्देशन दिएकाे छ । ७ दिनभित्र पनि सम्पर्कमा नआए प्रहरी नियमावलीका अनुसार सेवाबाट हटाइने चेतावनी पनि कार्यालयले दिएको छ ।


