रामेछाप,१५ माघ । रामेछापको मन्थली स्थिति सहिद स्मृति बहुमुखी क्याम्पसको संचालक समिति अध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै उज्वल सुवेदी निर्वाचित हुनुभएको छ । 

निर्वाचनमा गठबन्धन प्यानल बनाएर चुनाव लडेको थियो भने एमाले समर्थक सुवेदी एक्लै चुनाव लड्नु भएको थियो । सत्ता गठबन्धनका उम्मेदवार नवराज घिमिरेलाई पाँच मतले पराजित गर्दै सुवेदी अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । सुवेदीले ६० मत पाउँदा गठबन्धनका उम्मेदवार घिमिरेले ५५ मत पाउनुभएको छ । 

गठबन्धनबाट उम्मेदवार बन्नुभएका घिमिरे नेपाली कांग्रेस रामेछापका जिल्ला कार्यसमिति सदस्य हुनुहुन्छ । उहाँ सेवा निवृत्त शिक्षक पनि हो  सुवेदी एमाले रामेछापका सदस्य तथा खेलकुद महासंघका केन्द्रीय कोषाध्यक्ष हुनुहुन्छ । 

क्याम्पस संचालक समिति सदस्यमामा भने गठबन्धनका उम्मेदवारहरू निर्वाचित हुनुभएको  । जसमा रामचन्द्र अधिकारी, नवीन केसी, दीपकराज प्रसाईँ, युवराज सुवेदी  र सावित्रा घिमिरे हनुभएको छ ।

अध्यक्षमा निर्वाचित भएपछि सुवेदीले आफूले सबैलाई मिलाएर लैजाने बताउनुभयो । राजनीति भन्दा माथि उठेर क्याम्पसको शैक्षिक क्षेत्र विकासको लागि आफूले काम गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।