विराटचोक,१८ माघ ।  नेकपा एमालेको दुइ भ्रातृ संगठन  अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालबीच मैत्रीपुर्ण फुट्बल खेल हुने भएको छ । अनेरास्ववियु सुकुना क्याम्पस कमिटी र राष्ट्रिय युवा संघ नेपाल सुन्दरहरैँचा नगर कमिटीबीच माघ १९ गते मैत्रीपुर्ण फुट्बल खेल हुने भएको हो । । 

यहि  फागुन ११ गते देखि हुने केपी ओली कप फुटबल प्रतियोगिताको प्रचारप्रसार एवम् नेकपा एमालेका जनसंगठनबीच भाईचारा कायम गर्ने उदेश्यका साथ उक्त खेलको आयोजना गरिएको अनेरास्ववियु सुकुना क्याम्पस कमिटीका अध्यक्ष योगेश दाहालले जानकारी दिए । 

 क्याम्पसको खेल मैदानमा बिहान ११ बजेदेखि सुरु हुने खेलमा सहभागी भई हौसला प्रदान गरिदिन हुन् सम्पुर्ण युवा,विद्यार्थी तथा खेलप्रेमीहरुमा अध्यक्ष दाहालले अनुरोध गरेका छन् ।