विराटचोक,१८ माघ । नेकपा एमालेको युवा संगठन  राष्ट्रिय युवा संघ नेपाल मोरङ जिल्ला कमिटीले खेलकुद गतिविधि गर्ने भएको छ । युवा संघले जिल्लाको महानगर सहित १६ वटा पालिकामा माघ २० गते एकैदिन खेलकुद गतिविधि गर्ने भएको हो । 

सुन्दरहरैँचामा भने भोलि १९ गते अनेरास्ववियु र राष्ट्रिय युवा संघ नगर कमिटीबीच फुटबल प्रतियोगिता हुदैँछ । 

राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको आयोजनामा यहि  फागुन ११ गते देखि हुने केपी ओली कप फुटबल प्रतियोगिताको प्रचारप्रसारकालागि खेलकुद गतिविधि संचालन गर्न लागिएको राष्ट्रिय युवा संघ मोरङका अध्यक्ष प्रविन घिमिरेले जानकारी दिए ।

लागुपदार्थ र दुर्व्यसनीबाट सुधारगर्ने उदेश्यका साथ स्वस्थ्य स्वस्थ युवा स्वस्थ समाज भन्ने मुलनाराका साथ मोरङका १७ वटा पालिकामा खेलकुद गतिविधि अन्तर्गत फुटबल तथा भलिबल हुने अध्यक्ष घिमिरेले बताए । जिल्लाको लेटाङ नगरपालिका र केराबारी गाउँ पालिकामा भलिबल खेल हुने र अन्य  पालिकाहरुमा फुटबल लगायतका खेलहरुहुने  युवा संघ मोरङले जनाएको छ ।  

फागुन ११ गतेलदेखि २० गतेसम्म चल्ने दाेस्राे संस्करणकाे केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसीप प्रतियाेगिताका खेलहरु च्यासलस्थित मैदानमा हुनेछन् । फाइनल खेल भने दशरथ रंगशालमा खेलाइने आयोजकले जनाएको छ ।  प्रतियोगिताको विजेताले नगद ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन  ।