पथरी,२२ माघ । मोरङको पथरीशनिश्चरे २ स्थित लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ५ औं अन्तर विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ।

संस्थाले सोमबार  होटल साल्पामा " बाल बचतको प्रोत्साहन र फजुल खर्च व्यवस्थापनमा सहकारीको भूमिका" भन्ने शिर्षकमा उक्त प्रतियोगिता सम्पन्न गरेको हो ।

उक्त प्रतियोगितामा  न्यू प्यागोडा स्कुलका  सरमन ढुंगेल प्रथम,वाल्मीकि माविकी राशी कार्की दोस्रो,चन्द्र किराँतेश्वर माविकी खुशी आड्देम्बे लिम्बु तेस्रो र रेडस्टार माविका विद्यार्थी आराध्य खड्काले सान्त्वना स्थान हासिल गरेका छन्। 

जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेड मोरङका कोषाध्यक्ष डि.बी. थापा र नेफ्सकुनका पूर्व संचालक केन्द्रीय सदस्य समेत गोमा नेपालले सो प्रतियोगिताको निर्णायकको भूमिका निर्वाह गरेका थिए।

प्रतियोगितामा छनौट भएका उनीहरू ४ जनालाई आगामी माघ २५ गते हुने साकोसको २२ औं स्थापना दिवसका अवसरमा पुरस्कृत गरिने व्यवस्थापक गणेश कुमार राईले जानकारी दिए। 

साकोसका अध्यक्ष धनराज राई (अमिर ) को अध्यक्षतामा सम्पन्न भएको प्रतियोगितामा साकोसका  कोषाध्यक्ष द्रोणबहादुर खड्का, रेडस्टार माविका निर्देशक तथा प्रिन्सिपल टिएन तिम्सिना, चन्द्र किराँतेश्वर माविका प्रधानाध्यापक हर्क  जिमी, न्यु प्यागोडा माविकी संचालक दुर्गा  सुवेदी दंगाल, लगायतका विभिन्न विद्यालयहरुका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। 

उक्त कार्यक्रमलाई साकोसका सचिव महेन्द्र ढुंगानाले संचालन गरेका थिए।