काठमाडाैं,२४ माघ । नेकपा एमालेका सांसद् गाेकुल प्रसाद बाँस्काेटाले अहिलेकाे सरकार नालायक र गतिहीन भएकाे बताएका छन ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् बाँस्काेटाले सरकारले भत्किएको बाटो नदेखेको र किसानलाई दूधको बेचेको पैसा नदिएकोमा आपत्ति जनाए ।
प्रधानमन्त्री पाँचखाल जानुभयाे र आफ्नाे ड्राइभरलाई साेध्नुभयाे - याे बाटाे यस्ताे हाेला भनेर मैले साेचेकाे थिइनँ, धन्न हाम्राे देशकाे प्रधानमन्त्री ! अर्थमन्त्री नगरकाेट भएर मेराे नगरमा जानुभयाे जहाँ मैले पटकपटक कुरा उठाएँ, भाैतिकमन्त्री यहीँ हुनुहुन्छ उहाँलाई ४ पल्ट भनेँ, आज बाटाे बन्दैन किन ? बाँस्काेटाको प्रश्न छ ।
- काभ्रेका किसानकाे दूध बेचेकाे पैसा कहिले पाउँछन् ? प्रधानमन्त्रीकाे भनाइ के छ रामराज्य आइसक्याे, यही हाे रामराज्य ? यो भन्दा नालायक, गतिहीन, जवाफदेहीताबिहीन सरकार इतिहासमा कहिल्यै थिएन, जसकाे न कान छ, न आँखा छ ,'- भन्दै उनले आक्रोश पोखे ।


