काठमाडाैं - दाेस्राे संस्करणकाे केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप प्रतियाेगिता आजदेखि सुरु भएकाे छ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा सुरु प्रतियोगिताको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन  ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरु प्रतियाेगिताकाे उद्घाटन समारोहमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी लगायत विशिष्ट व्यक्ति, एन्फा, राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधि, खेलाडी र कलाकार लगायतकाे सहभागिता थियाे ।

प्रतियाेगितामा नेपालका ७ 'ए' डिभिजन, २ विदेशी र १ आयोजक गरी १० वटा टिम सहभागी छन् । जावलाखेल युथ क्लब, न्युरोड टिम एनआरटी, थ्रीस्टार, नेपाल पुलिस, त्रिभुवन आर्मी, चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र क्लब, दुई विदेशी क्लबमा दिल्ली एफसी, पश्चिम बंगाल क्लब र आयोजक केपी एफसी क्लबले सहभागिता जनाएका हुन्  ।

May be an image of 2 people, people playing football, people playing soccer and textसेमिफाइनल र फाइनल खेलबाहेक सबै खेल च्यालस मैदानमा खेलाइनेछ । १७ गते हुने सेमिफाइनल र १९ गते हुने फाइनल खेल भने त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाइने युवा संघले जनाएकाे छ ।

प्रतियोगिताकाे विजेता टाेलीलाई ११ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । दोस्रो हुने टोलीले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछ  ।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीलाई जनही ५०-५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । हरेक खेलको म्यान अफ दी म्याचलाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । हरेक खेलको विजेता टोलीले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

प्रतियोगिताको पहिलो संस्करण २०७९ सालमा आयोजना भएको थियो । साे प्रतियोगितामा उपाधि मच्छिन्द्र क्लबले जितेकाे थियाे ।